महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ । राणा निर्धारित समयमै सिंहदरवार पुगे पनि दुई घण्टा पछि मात्र बैठक सुरु भएको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन सुरु गरेकाे हाे । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निल