महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताए । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा