काठमाडौं : राजनीतिक दलहरूका लागि विद्रोही उम्मेदवार चुनौती बनेका छन्। चुनाव जित्न गठबन्धन गरेका पाँच दललाई स्वतन्त्रसँगै पार्टीकै विद्रोही उम्मेदवार चुनौती बनेका हुन्।आफ्ना पार्टीका बागी उम्मेदवारलाई कारबाहीसमेत गरेका दलहरूले उम्मेदवारी निष्क्रिय पार्न कारबाही फुकुवाको ‘अफर’ समेत दिएका छन्।असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन अफर दिएको सत्तारुढ दल नेपाली कांग्रेसले अफरको मिति कात्तिक ४ गतेसम्म लम्ब्याएको छ। माओवादी केन्द्रले पनि विद्रोही उम्मेदवा