नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने जनाएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता न