मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरूलाई नेपाली कांग्रेसले कारबाहीबाट बच्ने पुनः एक मौका दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उ