१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेले उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने बताएको छ । बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेकाले उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको प्रचारमा लाग्न कांग्रेसले निर्देशन दिएको छ । वैशाख २१ गतिभत्र उम्मेदवारी निष्क्रिय गराए कारबाही नहुने पनि कांग्रेसले जनाएको छ । […]