ग्लोबल बन्दै गोल्डस्टार: अमेरिकामा वितरण गर्दै अम्बी ग्लोबल, स्टोर खोल्न र बेच्न चाहनेलाई पनि अवशर

नेपालको लोकप्रिय ब्राण्ड गोल्डस्टार अब अमेरिकी बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । अमेरिकामा वितरणको जिम्मा अम्बी ग्लोबल एलएलसीलाई प्रदान गरिएको छ । न्युयोर्कको म्यानहटनमा एक कार्यक्रम गरी अमेरिकी बजारमा गोल्डस्टारको औपचारिक प्रवेश घोषणा गरिएको हो । अमेरिकामा वितरणको जिम्मा पाएको अम्बी ग्लोबल एलएलसीका अध्यक्ष अमेरिकाका चर्चित व्यवसायी समिर महर्जन हुन् । अमेरिकामा हिराको ब्यापारमा […]

सम्बन्धित सामग्री

दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्यो

काठमाडौं । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । यसले नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको बाटो खोलेको छ । यसअघि दुवै देशका प्रधानमन्त्रीबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिलाई भारतीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मंगलवार सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भारतीय मन्त्रिपरिषद्ले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने निर्णय गरेको उल्लेख गर्दै यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका छन् । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत् व्यापारसम्बन्धी दुईपक्षीय सहमति भए पनि भारतको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी रहेकाले भारतीय पक्षबाट नेपालको प्रस्ताव स्वीकृत भएको छैन । भारतले नेपालको प्रस्ताव स्वीकृत गरेसँगै दुवै देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने र नेपाललाई दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्ने ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘उक्त सम्झौताले अहिले भारतमा मात्रै विद्युत् व्यापार गर्ने भन्ने खालको देखाए पनि दीर्घकालमा अन्य देशमा विद्युत् निर्यातका लागि समेत कोसेढुंगा सावित हुनेछ । यसले नेपालको विद्युत् क्षेत्रमा निजी लगानी समेत प्रोत्साहन गर्नेछ,’ उनले आर्थिक अभियानसँग भने । दुई देशबीचको सम्झौताले नेपालको ऊर्जाक्षेत्रका लागि अझै प्रशस्त सम्भावना उजागर गरेको उनको भनाइ छ । उनका अनुसार निर्यात गर्ने भइसकेपछि नेपालले निर्यातका लागि प्रशस्त मात्रामा पूर्वाधार निर्माण गर्छ र अहिले निर्माणको चरणमा रहेका आयोजनाबाहेक अन्य ठूला आयोजना निर्माणका लागि निजीक्षेत्र उत्साहित हुनेछ । हाल नेपाल विद्युत् प्राधिकरणले ४५२ मेगावाटभन्दा बढी बिजुली बेच्न नसकेर खेर गएको अवस्था छ । उत्पादित बिजुली खेर जाने भएपछि नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्ने योजना बनाएको थियो । नेपालले भारतलाई वर्षभर समान परिमाणमा बिजुली बेच्न सक्ने अवस्था अहिले नभएकाले घरेलु खपतको अवस्था हेरी वर्षामा बढी बिजुली उत्पादन हुँदा बढी र हिउँदमा कम भारत पठाइने भेटुवालले बताए । उनका अनुसार भारतसँग उक्त सम्झौता भएपछि नेपालले २५ वर्षसम्म बिजुली बेच्न सक्नेछ । यसले भारतबाहेक अन्य देशमा पनि विद्युत् निर्यातको बाटो खोल्न सक्ने सरोकारवाला बताउँछन् । बंगलादेशसँग विद्युत् व्यापारको कुरा चलिरहेकाले अन्य देशमा विद्युत् निर्यातको बाटो खुल्ने कुरामा सबैभन्दा पहिले त बंगलादेशकै नाम आउने र विस्तारै अन्य देशमा पनि यो क्रम बढ्न सक्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । उनका अनुसार बंगलादेशसँग पर्याप्त ऊर्जा छैन, जसले गर्दा उसले भारतले भन्दा बढी बिजुली किन्न सक्छ । ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बेइजिङसँग पनि विद्युत् व्यापारको सम्झौता गर्ने भन्ने छ । त्यसले पनि केही सम्भावना देखाएको छ,’ उनले भने, ‘यदि अहिले सुनिए जस्तो भारतले आफ्नै लगानीमा निर्माण गर्न लागेका ठूला विद्युत् आयोजनाको बिजुलीलाई पहिलो प्राथमिकता दिने हो भने चाहिँ त्यसले नेपाललाई फाइदा गर्दैन ।’  त्यस्तो भयो भने त्यसपछि नयाँ बन्ने थप आयोजना पनि उसैले बनाउन खोज्ने र ऊर्जाक्षेत्रमा काम गरिरहेका अन्य निजी संस्थालाई फाइदा नहुने उनको भनाइ छ ।

अन्ततः भारतमै कारखाना खोल्न मूडमा पुगेका हुन् त मस्क ?

काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भारतमा कारखाना खोल्ने गाइँगुइँ चल्न थालेको छ । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनीले भारतको घरेलु बजारमा बेच्न एवं विदेशी बजारमा निर्यात गर्न भारतमै कारखाना खोल्न चाहेको भन्दै भारत वार्तामा आएका टेस्लाका अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।  कम्पनी भारतमा उत्पादन बेस खोल्नेबारे गम्भीर रहेको शुक्रबार रोयटर्ससँगको अन्तरवार्तामा भारतका आईटीमन्त्री राजीव चन्द्रशेखरले भनेका थिए । सरकारले पनि यस प्रस्तावमा सकारात्मक संकेत दिएको उनको भनाइ छ ।  यसअघि भारत सरकारसँग भएका वार्तामा कम्पनीले कारखाना खोल्नेबारे बोलेकै थिएन । कम्पनी पहिलेदेखि नै भारतमा बाहिरबाट कार ल्याएर बेच्ने मूडमा थियो । तर, यसमा पनि तगारो आयात कर थियो । सरकारले आयात कर घटाएदेखि बाहिर बनाइएका कार ल्याएर बेच्ने कम्पनीको योजना थियो ।  तर, भारत सरकारले कम्पनीले गरेको अनुरोध लत्याइदियो । कम्पनीले सीमापार बजारमा बनाएका कार भारतमा ल्याएर बेच्न १०० प्रतिशतसम्म कर लाग्छ । भारतको कर विश्वमै सबैभन्दा धेरै भएको भन्दै मस्कले बारम्बार भारतको आलोचना पनि गरेका थिए ।  पछिल्लो वार्तामा टेस्लाले आयात कर घटाउनेबारे केही पनि नबोलेको बुझिएको छ । यसलाई कम्पनी तीव्र गतिमा बढिरहेको विश्वको सबैभन्दा ठूलो अटो बजारमध्ये एक भारतसामु मस्कले घुँडा टेकेको रूपमा पनि अर्थ्याउन थालिएको छ । यस पटकको वार्तामा नयाँ कारखाना खोल्न प्रस्ताव गरिएको छ ।  कारखाना कहाँ खुल्ने भनेर केही भनिएको छैन । कम्पनीले कार बनाउने कारखानाको साथमा ब्याट्री पनि उत्पादन गर्न खोजिरहेको मन्त्री चन्द्रशेखरको भनाइ छ । यसबारे टेस्लाले औपचारिक रूपमा भने मुख खोलेको भने छैन ।  पछिल्लो समय विश्वभर कम्पनीहरूले अटो उत्पादनमा चीनमाथिको निर्भरता कम गर्न खोजिरहेका छन् । टेस्लाले भारतमा कारखाना खोल्ने आशा यसअघि पनि पटकपटक तुहिएको छ । मस्क्ले सन् २०१५ मै भारतमा ब्याट्री बनाउने कारखाना खोल्न विचार गर्ने घोषणा गरका थिए । त्यति बेला नै कम्पनीले कार पनि बनाउँछ भन्ने आशा थियो । सन् २०२१ मा आएर बल्ल कम्पनीले बैंगलुरुमा आउटलेट खोल्यो । भारतीय सडकमा परीक्षणका लागि भनेर केही कार पनि ल्यायो । आफूले विक्री मूल्य बराबर नै कर तिरेर गाडी ल्याउनुपरेको भन्दै मस्कले बारबार सरकारसँग कर घटाइदिन अनुरोध गरेका थिए । टेस्लाले स्थानीय स्तरमा कार बनाएर बेचोस् भन्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चाहना थियो । कम्पनी भने भारतमा आफ्नो कार कत्तिको बिक्छ बजार र मागको अवस्था हेर्न चाहन्थ्यो । कर घटाउने अनुरोध बारबार अस्वीकृत भएपछि मस्क बिच्किएर भारतमा आफ्ना उत्पादन बेच्ने योजना नै त्यागिदिए । भारत विश्वको तेस्रो ठूलो कार बजार हो । यहाँ विद्युतीय कारको विक्री परम्परागत जस्तो लोभ लाग्दो भइसकेको छैन तर सम्भावना भने प्रचुर छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमध्ये एक पनि भारत नै हो । भारतको मध्यम वर्गीय जनसंख्या बढ्दो छ । भारत सरकारले आफ्ना सडकमा गुड्ने सबै सवारी साधन विद्युतीय बनाउने महत्त्वाकांक्षी योजना ल्याएको छ । यस्तोमा भारतजस्ता उदीयमान बजारमा छिरेर वृद्धिको अवसर मस्कले कसरी गुमाउने जोखिम मोल्लान् र ?

निफ्रालाई विद्युत् बेच्न दिन मन्त्रालय सकारात्मक, छलफल अगाडि बढाइयो

माघ १६, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) लाई भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयले निफ्राको उक्त प्रस्तावित फाइलमाथिको छलफल प्रक्रियालाई तिब्रता दिएको हो । निफ्राले भारतीय र बङ्गलादेशका व्यापारीहरुको लागनी भित्र्याउने प्रस्तावसहित मन्त्रालयमा फाइल पठाएको थियो । तर, यो फाइल अहिलेसम्म अगाडि बढेको थिएन । मन्त्रालयका अनुसार उक्त फाइलमाथि अहिले छलफल हुन थालेको छ । नेपालको विद्युत् छिमेकी मुलुकमा बेच्न सक्ने क्षमता अध्ययन गरेर मन्त्रालय निफ्रालाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक रहेको बताइएको छ ।  ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार अहिले यो फाइलको विषयमा मन्त्रालयमा छलफल चल्न थालेको छ । ‘मन्त्रालय निफ्रालाई विद्युत् व्यापार गर्न दिन सकारात्मक छ । अहिले यो फाइलको बारेमा सकारात्मक भएर मन्त्रालयमा छलफल भइरहेको छ’, उनले भने । मन्त्रालयले कार्यविधि र त्योसँग सम्बन्धित विषयमा काजगपत्र तयार गर्ने प्रक्रिया थालेको भेटवालले जानकारी दिए । ‘मन्त्रालयले अहिले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरिरहेको छ,’ उनले भने ।  निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ ।

फुटपाथमा पसल सञ्चालन गर्न नपाइने

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै लम्ब्याए पनि फुटपाथ र खुल्ला ठाउँमा व्यापार सञ्चालन गर्न रोक लगाएको छ। अरु अधिकांश प्रकारका व्यवसाय बारअनुसार खोल्न पाउने भएपनि फुटपाथलाई भने तत्कालका लागि रोकेको प्रशासन कार्यालयले बताएको छ। निर्णयअनुसार तोकिएको तरकारी बजारबाहेक अन्य स्थानमा फुटपाथमा तरकारीसमेत बेच्न नपाउने भनिएको छ।

तस्वीर : सटर बन्द गरेर दूध बेच्न बसेका व्यापारी

काठमाडौंको बालाजुस्थित एक किराना पसलका व्यापारी शनिवार बिहान सटर बन्द गरेर दूध विक्री गर्दै । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरेको निषेधाज्ञालाई थप कडाई गर्दै जेठ १४ गतेदेखि एक हप्तासम्म  किराना पसल, सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोर खोल्न प्रतिबन्ध लगाएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान

‘बुवाले पैताला खियाएर घर-घरमै सामान पुर्‍याउनु भयो, त्यही मेरा लागि प्रेरणा भयो’

‘गाउँमा हरेक घरका ढोकामा पुगेर सामान बेच्न बुवाले पैतला खियाएर दु:ख गरेकैले आज रेजा मार्ट खोल्न प्रेरणा दियो’, रेमले भने।

चिहान बेच्न सरकारले खुलायो चिट्ठा !

मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ ? जर्मनीमा यस्तो घटना भएको छ । जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न लागेको हो । अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको उक्त क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान …