दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्यो

काठमाडौं । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । यसले नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको बाटो खोलेको छ । यसअघि दुवै देशका प्रधानमन्त्रीबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिलाई भारतीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मंगलवार सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भारतीय मन्त्रिपरिषद्ले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने निर्णय गरेको उल्लेख गर्दै यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका छन् । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत् व्यापारसम्बन्धी दुईपक्षीय सहमति भए पनि भारतको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी रहेकाले भारतीय पक्षबाट नेपालको प्रस्ताव स्वीकृत भएको छैन । भारतले नेपालको प्रस्ताव स्वीकृत गरेसँगै दुवै देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने र नेपाललाई दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्ने ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘उक्त सम्झौताले अहिले भारतमा मात्रै विद्युत् व्यापार गर्ने भन्ने खालको देखाए पनि दीर्घकालमा अन्य देशमा विद्युत् निर्यातका लागि समेत कोसेढुंगा सावित हुनेछ । यसले नेपालको विद्युत् क्षेत्रमा निजी लगानी समेत प्रोत्साहन गर्नेछ,’ उनले आर्थिक अभियानसँग भने । दुई देशबीचको सम्झौताले नेपालको ऊर्जाक्षेत्रका लागि अझै प्रशस्त सम्भावना उजागर गरेको उनको भनाइ छ । उनका अनुसार निर्यात गर्ने भइसकेपछि नेपालले निर्यातका लागि प्रशस्त मात्रामा पूर्वाधार निर्माण गर्छ र अहिले निर्माणको चरणमा रहेका आयोजनाबाहेक अन्य ठूला आयोजना निर्माणका लागि निजीक्षेत्र उत्साहित हुनेछ । हाल नेपाल विद्युत् प्राधिकरणले ४५२ मेगावाटभन्दा बढी बिजुली बेच्न नसकेर खेर गएको अवस्था छ । उत्पादित बिजुली खेर जाने भएपछि नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्ने योजना बनाएको थियो । नेपालले भारतलाई वर्षभर समान परिमाणमा बिजुली बेच्न सक्ने अवस्था अहिले नभएकाले घरेलु खपतको अवस्था हेरी वर्षामा बढी बिजुली उत्पादन हुँदा बढी र हिउँदमा कम भारत पठाइने भेटुवालले बताए । उनका अनुसार भारतसँग उक्त सम्झौता भएपछि नेपालले २५ वर्षसम्म बिजुली बेच्न सक्नेछ । यसले भारतबाहेक अन्य देशमा पनि विद्युत् निर्यातको बाटो खोल्न सक्ने सरोकारवाला बताउँछन् । बंगलादेशसँग विद्युत् व्यापारको कुरा चलिरहेकाले अन्य देशमा विद्युत् निर्यातको बाटो खुल्ने कुरामा सबैभन्दा पहिले त बंगलादेशकै नाम आउने र विस्तारै अन्य देशमा पनि यो क्रम बढ्न सक्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । उनका अनुसार बंगलादेशसँग पर्याप्त ऊर्जा छैन, जसले गर्दा उसले भारतले भन्दा बढी बिजुली किन्न सक्छ । ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बेइजिङसँग पनि विद्युत् व्यापारको सम्झौता गर्ने भन्ने छ । त्यसले पनि केही सम्भावना देखाएको छ,’ उनले भने, ‘यदि अहिले सुनिए जस्तो भारतले आफ्नै लगानीमा निर्माण गर्न लागेका ठूला विद्युत् आयोजनाको बिजुलीलाई पहिलो प्राथमिकता दिने हो भने चाहिँ त्यसले नेपाललाई फाइदा गर्दैन ।’  त्यस्तो भयो भने त्यसपछि नयाँ बन्ने थप आयोजना पनि उसैले बनाउन खोज्ने र ऊर्जाक्षेत्रमा काम गरिरहेका अन्य निजी संस्थालाई फाइदा नहुने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : नेत्रविक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्। सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजारमा पुगेको शिक्षाले समानता र  अधिकार...

निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिन अध्यादेश जारी गर्दै सरकार

सरकारले नेपालका निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिन अध्यादेश ल्याउने भएको छ । प्रतिनिधिसभाबाट विद्युत ऐन, २०४९ लाई संशोधन गर्दै अध्यादेश ल्याउने भएको हो । हालसम्म नेपालमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति छैन । तर, विद्युत उत्पादन बढ्दै जाँदा विद्युत व्यापारको जिम्मेवारी समेत निजी क्षेत्रलाई दिनुपर्ने माग उठ्दै आइरहेको छ ।सोहीअनुसार, ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिने गरी कानून ल्याउने बताएकी थिइन् । तर, प्रतिनिधिसभाम

आधा दर्जन कम्पनी अन्तरदेशीय विद्युत व्यापारको पर्खाइमा, लाइसेन्स दिने बाटो खुला

विद्युतको अन्तरदेशीय व्यापारको लागि आधा दर्जन कम्पनी प्रतिक्षामा छन् ।

निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् ।सोमबार काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा […]

काठमाडौंलाई व्यापारको हब बनाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तराष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् । मंगलबार बन्दरगाहको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले बन्दरगाह सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताएका हुन् । उनले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने भन्दै वस्तु तथा सेवाको आयात […]

निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिन्छौं :  मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानुन मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उनले बताइ

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौं : ऊर्जामन्त्री भुसाल

सरकारले अबको डेढ महिना भित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिना भित्रमा काम सम्पन्न हुने बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल सहितको प्रतिनिधिमण्डलसँग बिहीवार भएको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिइन् । ‘विद्युत् निर्यातमा नि...

प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति

सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको छ । उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’लाई व्यापारको अनुमति दिएको हो ।उर्जामन्त्री पम्फा भुसालले प्राधिकरणको सहायक कम्पनीले विद्युत व्यापारको अनुमति पाएको जानकारी दिइन् । यसैगरी, उनले चाँडै निजी क्षेत्रको कम्पनीलाई पनि विद्युत व्यापारको जिम्मेवारी दिने बताइन् । हालसम्म नेपालमा निजी क्षेत्रलाई विद्युत व्यापारको जिम्मेवारी दिने व्यवस्था नै छै

प्राधिकरणको सहायक कम्पनीलाई विद्युत् व्यापारको लाइसेन्स

९ पुस, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘विद्युत् व्यापार कम्पनी’लाई विद्युत् व्यापारको अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथा अन्तरदेशीय विद्युत व्यापारको काम प्राधिकरणको सहायक कम्पनीले गर्न पाउने गरी गरी अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार पत्रकार सम्मेलन गर्दै अब […]

नेपालको वैदेशिक व्यापारको प्रवृत्ति

वैदेशिक व्यापारको प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनाका साथ सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुग्न सक्छ । दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेश व्यापार वा वैदेशिक व्यापार भनिन्छ । यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । कुनै पनि देशको आर्थिक विकासमा वैदेशिक व्यापारको स्थान महत्वपूर्ण हुने भएकाले आज हरेक देशले […]