सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ […]