सनराइज बैंकलाई ए प्लस इस्युवर रेटिङ प्रदान

काठमाडौं (नेस) । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ए प्लस इस्युवर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा एप्लस रेटिङ प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । ए प्लस रेटिङ भएका वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘इस्युवर […]

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई चौथो पटक इक्राको ट्रिपल ए रेटिङ

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार चौथो पटक इक्रा नेपालको ट्रिपल ए रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले बैंकलाई इक्रा–एनपी ट्रिपल ए रेटिङ प्रदान गरेको हो । ट्रिपल ए रेटिङले बैंक तथा वित्तीय संस्थाको सेवा उच्च सुरक्षित विन्दुमा रहेको देखाउँछ । त्यस्तै यसले ऋण जोखिम पनि एकदमै कम रहेको जनाउँछ । बैंकको पुँजीकरण र बलियो […]

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ  ।आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको यो रेटिङले देखाउने कम्पनीले जनाएको छ ।  आईएमई लाइफले १४० वटा शाखा कार्यालयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ

नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा

काठमाडौं (अस) । नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले चैत ६ गते इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्रदान गरेको हो । भारतको रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न विदेशमा रेटिङ सम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोही बमोजिम कम्पनीको ५१ प्रतिशत शेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ । नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणका लागि समेत रेटिङ गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ कम्पनीको आवश्यकता परेको बताइएको छ । कम्पनीको कार्यालय बानेश्वर हाइटमा रहेको छ । कम्पनीको सेवा सहज एवं गुणस्तरीय हुने इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत रविन पुडासैनीले जानकारी दिए । उक्त कम्पनीसहित हाल नेपालमा रेटिङ कम्पनीको संख्या तीन पुगेको छ । यसअघि केयर रेटिङ नेपाल र इक्रा नेपाल सञ्चालनमा थिए ।

तेस्रो रेटिङ कम्पनीलाई अनुमति

नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको छ। विगत लामो समयदेखि पूर्वाधार तयार गरी क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्...

नेपाल विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । डबल...

सनराइज बैंक लिमिटेडलाई पुनः केयर एनपी एक ईस्यूवर रेटिङ

काठमाडौँ – सनराइज बैंक लिमिटेडलाई केयर रेटिङस् नेपाल लिमिटेडले पुनः ‘ए’ ईस्युवर रेटिङ प्रदान गरेको छ। केयर रेटिङस् नेपाल लिमिटेडद्वारा गरिने निरीक्षणमा बैंक विगत ४ वर्षदेखि नियमित रुपमा ‘ए’ रेटिङ प्राप्त गर्न सफल भएको छ। ‘ए’ रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरुमा न्यून […]

इक्रा नेपालद्वारा गरिमा विकास बैंकलाई रेटिङ प्रदान

असार १२, काठमाडौं । इक्रा नेपाल लिमिटेडले गरिमा विकास बैंकलाई रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।

इक्रा नेपालद्वारा युनियन लाइफ इन्स्योरेन्सलाई बीबीबी रेटिङ प्रदान

जेठ ६, काठमाडौं । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी प्लस निष्कासनकर्ता रेटिङ  प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्ने मध्यममात्रामा सुरक्षित रहेको मानिन्छन् । यस्ता  निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र  यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।

इक्रा नेपालले प्रदान गर्यो नेपाल बैंकलाई फेरि ‘ए’ स्तरको रेटिङ

नेपाल बैंकलाई इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टैण्डर्ड अनुसार ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ । रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो । ‘ए’ स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको नगदको हिस्सा ६३ प्रतिशत रहेको (जुन नेपालको बैंकिङ […]