असार १२, काठमाडौं । इक्रा नेपाल लिमिटेडले गरिमा विकास बैंकलाई रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।