तेस्रो रेटिङ कम्पनीलाई अनुमति

नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको छ। विगत लामो समयदेखि पूर्वाधार तयार गरी क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्...

सम्बन्धित सामग्री

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

घोराही सिमेन्ट प्रकरण : केयर रेटिङमा शंकास्पद रेटिङको नजरअन्दाज ग-यो बोर्डले

काठमाडौं । डुब्ने स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्नका लागि शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानबिन नगरी घोराहीलाई ७ दिन पुनः सेयर निष्कासन गर्ने अनुमति दिइएपछि सर्वसाधारणको रकम भविष्यमा डुबेमा के हुने भने प्रश्न उठेको छ । ३ अर्ब ६१ करोड रुपैयाँको आवेदन ३ दिनमा निकाल्न अन्योल हुने कम्पनीको वित्तीय विवरण […] The post घोराही सिमेन्ट प्रकरण : केयर रेटिङमा शंकास्पद रेटिङको नजरअन्दाज ग-यो बोर्डले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुन : पायो  ‘ट्रिपल ए’ रेटिङ

काठमाडौं ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुन : ‘ट्रिपल ए’ रेटिङ  पाएको छ ।  इक्रा नेपाल लिमिटेडले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको हो।लगातार चौथो वर्ष पनि कम्पनीले राम्रो रेटिङ पाएको हो । इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनः पुष्टि गरेको हो। कम्पनीले लगातार चार वर्षदेखि यो रेटिङ प्राप्त गर्दै आएको छ । लगानीको दृष्टिले यो रेटिङ सबैभन्दा उच्च कोटीको हो । वित्तीय दायित्वहरु समयमा पूरा गर्ने बैंकहरुलाई इक्राले यो रेटिङ दिन्छ ।  कम्पनीको सन् २०२३ मध्यजनवरीसम्म जोखिममा हुनसक्ने सम्पत्ति अनुपात (सीआरएआर) १४ दशमलव ९१ प्रतिशत रहेको छ भने टायर–आई १३ दशमलव ३८ प्रतिशत छ । यो दुबै न्यूनतम् नियामक आवश्यकता भन्दा निकै धेरै हो । यसैवीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिर्वाण घोष दास्तिदारले लगातार चार वर्षदेखि बैंकले ट्रिपल ए रेटिङ पाउनु आफ्ना ग्राहक र सबै सरोकारवालाहरुतर्फ आफ्नो प्रतिबद्धतालाई मजबुत रुपमा प्रमाणीकरण गरेको बताएका छन् । साथै उनले यो सफलतालाई सम्भव बनाउने सबैलाई धन्यवाद भनेका छन् ।

इक्रा नेपालद्वारा लाफिङ बुद्ध पावर र हिम स्टार उर्जा कम्पनीलाई रेटिङ प्रदान

काठमाडौं । इक्रा नेपाल  लिमिटेडले दुई कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।  इक्रा नेपालले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड र हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।  इक्रा नेपालले कम्पनीलाई (इक्रा एनपी-आईआर) बी माइनस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् । त्यस्तै गरी इक्रा नेपालले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई (इक्रा एनपी-आईआर) बी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले जानकारी गराएको छ ।

स्वार्थ बाझिने गरी रेटिङ गरेपछि ‘केयर रेटिङ्स’लाई सोधियो स्पष्टीकरण

२६ पुस, काठमाडौं । नियम विपरीत क्रेडिट रेटिङ गरेको पुष्टि भएसँगै केयर रेटिङ्स कम्पनीलाई पनि कारबाही गरिने भएको छ । स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीहरुको नै रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्स नेपाललाई कारबाहीमा गर्न प्रक्रिया अघि बढाएको हो । उक्त कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण सोधिएको बोर्ड स्रोतले जनाएको छ । […]

हिमालयन हाइड्रोपावरले गरायो इक्रा नेपालमा रेटिङ

वैशाख २, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्वा पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।  यस्ता कम्पनीहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य के्रडिट विश्वसनिया सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।  साथै, कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि  निष्कासन गर्नेछ, त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

चिरख्वा हाइड्रोपावरले इक्रा नेपालबाट पायो इक्राएनपी आईआर बीबी माइनस रेटिङ

फागुन २, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिममा रहेको देखाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट  विश्वसनीयता सम्बन्धी रायमात्र रहेको इक्रा नेपालले बताएको छ । कम्पनीले भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ४ दशमलव ७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पायो इक्रा आईआर बि प्लस रेटिङ

असार २४, काठमाडौं ।  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्रा आइआर बि प्लस रेटिङ प्रदान गरेको छ ।यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा दायित्व पुरा गर्न उच्च जोखिम रहेको मानिन्छ ।  इक्रा नेपालले यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र रहेको बताएको छ ।

इक्रा नेपालद्वारा गरिमा विकास बैंकलाई रेटिङ प्रदान

असार १२, काठमाडौं । इक्रा नेपाल लिमिटेडले गरिमा विकास बैंकलाई रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।

इक्रा नेपालद्वारा युनियन लाइफ इन्स्योरेन्सलाई बीबीबी रेटिङ प्रदान

जेठ ६, काठमाडौं । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी प्लस निष्कासनकर्ता रेटिङ  प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्ने मध्यममात्रामा सुरक्षित रहेको मानिन्छन् । यस्ता  निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र  यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।