जेठ ६, काठमाडौं । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्ने मध्यममात्रामा सुरक्षित रहेको मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।