ज्योति विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

असार ९, काठमाडौं ।  ज्योति विकास बैंकले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कामपा वडा नं २८ स्थित कमलादीमा रहेको केन्द्रीय कार्यालय उक्त स्थानबाट करीब ३०० मिटरको दुरीमा कामपा वडा नं १ कमलपोखरीस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त केन्द्रीय कार्यालय स्थानान्तरणको लागि नेपाल राष्ट्र बैंकबाट वैशाख ८ गते अन्तिम स्वीकृती दिएको थियो ।  कम्पनीले गत असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट ठेगाना परिवर्तन हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख भएकाले स्थानान्तरण भई मंगलवारदेखि पूर्णरुपमा सञ्चालनमा आएको बताएको छ ।  

सम्बन्धित सामग्री

ज्योति विकास बैंक र नेपाल ल्यूब आयलको बोनस शेयर सूचीकृत

फागुन २, काठमाडौं । सोमवार नोल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । नेपाल ल्यूब आयलको ९० हजार ५३ कित्ता र ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत

कात्तिक १४, काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।  आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कम्पनीको ऋणपत्र  कारोबारमा आउनेछ । नौ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ डिबेञ्चर नामक ऋणपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ ।  मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।  मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरीदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयर लिलामीमा विक्री खुला

भदौ २९, काठमाडौं । मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला भएको छ ।  क्यापिटलले ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । ज्योति विकास बैंकको शेयरमा न्यूनतम रू. १४५ र प्रभु इन्स्योरेन्सको शेयरमा रू. ३५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पाइनेछ ।  यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा कोही व्यक्ति, कम्पनी, संघ/ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यो शेयरमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

ज्योति विकास बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

काठमाडौं, ११ साउन । ज्योति विकास बैंकले असार २० गतेदेखि बिक्रिमा ल्याएको  १० वर्षे अवधिको १५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १ हजार अंकित दरका उक्त ऋणपत्र वार्षिक ९ प्रतिशत ब्याजदरमा बिक्रि खुल्ला गरेको हो । बैंकले उक्त ऋणपत्रलाई ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामबाट बिक्रि खुल्ला गरेको हो । बैंकले कुल […]

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी […]

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच कर्जा सम्बन्धी सम्झौता

असार १३, काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।  सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने बैंकले बताएको छ ।   सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।  यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकहरुलाई ७० प्रतिशतसम्म कर्जासजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ ओटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने जानकारी दिइएको छ । गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरीद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरीदविक्रीसेवा दिंदै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ओटा एटिएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।