म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ।रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए।प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए।बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको