वित्तीय विवरणको असर : चन्द्रागिरी हिल्सको शेयर मूल्य उच्च गिरावट

वैशाख ६, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य  सोमवार उच्च दरमा घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य ६ प्रतिशतले घटेको हो । यो समाचार तयार पार्दाको समय १२ : २० बजेसम्मा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २३९ मा झरेको छ ।  कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू.१८ करोड ११ लाख नोक्सानी व्यहोरेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीका नोक्सानीमा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा गएको थियो ।  सोही कारण कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो ।   

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्स पहिलो पटक नाफामा, ईपीएस १.६७ रुपैयाँ

चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो ।यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।' यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।

५५ अंकले बजार बढेसँगै ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो*

कात्तिक १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार अघिल्लो कारोबार दिनको तुलनामा ५५ दशमलव ५० अंकले बढेको छ ।  सोही कारण कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  युनाइटेड इन्स्योरेन्स कम्पनी,चन्द्रागिरी हिल्स,सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी,लुम्बिनी विकास बैंक,पाँचथर पावर र साहस उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  ती आठ ओटा कम्पनीमध्ये साहस उर्जा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको हो भने बाँकी कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बजार बढेसँगै ती आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  युनाइटेड इन्स्योरेन्स कम्पनीको रू.७२४ दशमलव ९०, चन्द्रागिरी हिल्सको रू. १ हजार ६०६, सामुदायिक लघुवित्त वित्तीय संस्थाको रू.१ हजार ५४४, हिमालयन उर्जा विकास कम्पनीको रू. ५०९ दशमलव ३०, लुम्बिनी विकास बैंकको रू. ५७९ दशमलव ८०,पाँचथर पावर कम्पनीको रू.४६८ दशमलव ८० र साहस उर्जाको रू.४४५ दशमलव ८० पुगेको हो ।  *५५ अंकले बजार बढेसँगै ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

बजार घटेसँगै चार ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, क - कसको घट्यो ?

वैशाख ६, काठमाडौं । नेप्से परिसूचक सोमवार ३७ दशमलव ५८ अंकले घटेको छ । सोही कारण चार ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको हो । सबैभन्दा बढी चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८० प्रतिशतले कमि आएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १७३ मा झरेको हो  । उक्त कम्पनीले सोमवार चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू.१८ करोड ११ लाख नोक्सानी व्यहोरेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीका नोक्सानीमा वृद्धि भएको छ । कम्पनी गत आवको तेस्रो त्रैमासमा रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा गएको थियो । सोही कारण कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो ।  त्यसैगरी दोस्रोमा सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५० प्रतिशतले कमि आएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८९ कायम भएको छ । उक्त कम्पनीको शेयर मूल्य विगत तीन दिनदेखि उच्च दरले वृद्धि भएको थियो । बढेको कम्पनीका शेयरमा लगानीकर्ताले प्रोफिट बुक गरेकाले शेयर मूल्य उच्च दरले घटेको हो ।  त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९५ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ३ दशमलव ५२ प्रतिशतले घटेको छ। आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २२० र रिडी हाइड्रोपावरको शेयर मूल्य रू. २१९ कायम भएको छ । ती दुई ओटा कम्पनीको शेयरमा पनि बजार घट्न लागेसँगै क्रेताभन्दा विक्रेता हावी हुँदा घटेको हो ।                                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज

चन्द्रागिरी र घलेम्दीको शेयर मूल्यमा उच्च वृद्धि, नेप्सेमा भने ४३ अंकको गिरावट

साताको पहिलो दिन आइतवार कारोबारको शुरुवाती समयमै चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ ।  कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढ्दै ८ सय ८४ रुपैयाँ पुगेको छ । आइतवार हालसम्ममा यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढेको हो ।  यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य पनि आइतवार सर्किट लेभलमा पुगेको छ ।  कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार अहिले कम्पनीको शेयर मूल्य १४ रुपैयाँले बढी १ सय ५८ रुपैयाँ पुगेको छ ।  समाचार तयार पार्दासम्म शेयर बज...

शेयर बजारमा गिरावट, व्यापार र होटलबाहेक सबै समूह राताम्मे

शेयर बजारमा बुधवार पनि गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ३९ दशमलव २३ अंकले घटेर २४ सय १६ कायम भएको हो ।व्यापार र होटल तथा टुरिजमबाहेक सबै समूहमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।बुधवार चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एसियन लाइफ इन्स्योरेन्सको शेयर...

आज नेप्से एक दशमलव ६ प्रतिशतले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाण्डाै – आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से आज एक दशमलव ६ प्रतिशतले घटेको हो । हिजोको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० ...

शुरूवाती समयमै शेयर बजारमा पहिरो,  निफ्राको शेयरमूल्य निरन्तर घट्दै

साताको पहिलो दिन आइतवार कारोबार शुरू भएको शुरूवाती समयमै बजारमा पहिरो गएको छ । समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३५.४५ अंकले घट्दै २५१८.६८ विन्दुमा झरेको छ । नेप्से घट्दा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यस कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशत बढ्दै ४ सय १४ रुपैयाँ पुगेको छ । ...