काठमाण्डाै – आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से आज एक दशमलव ६ प्रतिशतले घटेको हो ।
हिजोको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० ...