कात्तिक १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार अघिल्लो कारोबार दिनको तुलनामा ५५ दशमलव ५० अंकले बढेको छ ।
सोही कारण कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनी,चन्द्रागिरी हिल्स,सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी,लुम्बिनी विकास बैंक,पाँचथर पावर र साहस उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती आठ ओटा कम्पनीमध्ये साहस उर्जा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको हो भने बाँकी कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
बजार बढेसँगै ती आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
युनाइटेड इन्स्योरेन्स कम्पनीको रू.७२४ दशमलव ९०, चन्द्रागिरी हिल्सको रू. १ हजार ६०६, सामुदायिक लघुवित्त वित्तीय संस्थाको रू.१ हजार ५४४, हिमालयन उर्जा विकास कम्पनीको रू. ५०९ दशमलव ३०, लुम्बिनी विकास बैंकको रू. ५७९ दशमलव ८०,पाँचथर पावर कम्पनीको रू.४६८ दशमलव ८० र साहस उर्जाको रू.४४५ दशमलव ८० पुगेको हो ।
*५५ अंकले बजार बढेसँगै ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।