साताको पहिलो दिन आइतवार कारोबारको शुरुवाती समयमै चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ ।
कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढ्दै ८ सय ८४ रुपैयाँ पुगेको छ । आइतवार हालसम्ममा यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढेको हो ।
यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य पनि आइतवार सर्किट लेभलमा पुगेको छ ।
कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार अहिले कम्पनीको शेयर मूल्य १४ रुपैयाँले बढी १ सय ५८ रुपैयाँ पुगेको छ ।
समाचार तयार पार्दासम्म शेयर बज...