काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ।आयोगले मंगलबार विज्ञप्ति नै जारी गरेर स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको जानकारी गराएको हो। निर्वाचन आयोग ऐन २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर बैंकमार्फत खर्च गर्न आयोगले भनेको हो।ऐनमा निर्वाचन खर्चसम्बन्धी व्यवस्थाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न ब