नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सहमति भएको छ ।संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थालाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आपसी समझदारी अनुसार समीट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ८२ […]

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख ४ गते देखि १५ गते सम्म बुक क्लोज गरेकाले आज अर्थात बैशाख ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्  । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर  वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १५ गते साधारण सभा बोलाएको छ । सभा धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशी धादिङ्गमा हुने कम्पनीले जानकारी दिएको हो ।

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आपसी समझदारी अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता कायम हुने र मर्जर पश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आच

नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा बिहीवार हुँदै

माघ ५, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा बिहीवार (माघ ६ गते) हुँदैछ ।  सभा क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर विक्रीमा

साउन २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय धादिङबेसीमा सम्पर्क गर्न भनेको छ ।  उक्त अवधिभित्र उक्त शेयरमा संस्थापकको आवेदन नपरेमा कम्पनीले प्रचलित नियामानुसार अन्य व्यक्तिलाई विक्री गर्ने पनि बताएको छ ।

एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

असार ३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले ७८ हजार १५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति ,कम्पनी,संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ । शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई नै पहिलो प्राथमिकता दिई बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गर्ने कम्पनीले बताएको छ ।  कम्पनीले असार ११ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा बोलपत्र खोल्ने छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा […]

नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना

वैशाख १७, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।