काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख ४ गते देखि १५ गते सम्म बुक क्लोज गरेकाले आज अर्थात बैशाख ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १५ गते साधारण सभा बोलाएको छ । सभा धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशी धादिङ्गमा हुने कम्पनीले जानकारी दिएको हो ।