साउन २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय धादिङबेसीमा सम्पर्क गर्न भनेको छ ।
उक्त अवधिभित्र उक्त शेयरमा संस्थापकको आवेदन नपरेमा कम्पनीले प्रचलित नियामानुसार अन्य व्यक्तिलाई विक्री गर्ने पनि बताएको छ ।