काठमाडौं : एनएमबि बैंक लि. र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।विशेष गरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरूलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदानप्रदान गरेका थिए।सो सम्झौताको बारे