किसानले एनएमबि बैंकमा अनलाइनबाटै ऋण पाउने

एनएमबि बैंक र डिजिटल माध्यम (खेती एप)बीच किसानलाई बिना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र ‘खेती एप’ का सह–सस्थापक तथा निर्देशक तुलसी गिरीले किसानलाई अनलाइनबाट कर्जा दिने गरी सम्झौता भएको हो । बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो । […]