आनका सदस्य एजेन्सीहरूलाई मुक्तिनाथ विकास बैंकले दिनेछ सहुलियतपूर्ण कर्जा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई २ बर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसय भन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै ७  सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् । सम्झौता पत्रमा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्