जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका छन् । अध्यक्ष यादवले एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन आग्रह गरेका छन् । उनले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण