काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरुलाई समानान्तर गतिविधि रोकेर पार्टीको मूल प्रवाहमा फर्किन आह्वान गरेको छ । शुक्रबार नेकपा(एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकले जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमीक्षा गर्दै पार्टीमा फर्किन आह्वान गरको हो ।बैठकले पार्टीमा विना पूर्वाग्रह स्वागत गर्ने, सम्मान पूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समानान्तर गतिविधि नरोकिए कारबाही गरिने पनि उनको चेतावनी थियो । बै