दुध बिक्री नहुँदा दैनिक ४२ लाख घाटा व्यहोर्दै किसान
दुध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानले दैनिक ४२ लाख रुपैयाँ घाटा व्यहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकमबराबरको क्षति व्यहोर्न किसान बाध्य...
गोठभरि पालेका गाईको दुध बेचेको आम्दानीले घर खर्च चलाउने रुपन्देहीको तिलोत्तमा–९ का खगिश्वर पाण्डे अहिले ठूलो मर्कामा परेका छन् । दुधको भुक्तानी नपाउँदा ऋण थपिँदै गएर उनको घरव्यवहार मात्रै बिग्रिएको छैन । दुध बिक्री गरेको ३ लाख रुपैयाँभन्दा बढी रकम नपाउँदा उनलाई परिवार र चौपायाको खर्च धान्न मुस्किल भइरहेको छ ।
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेका किसान टोपेन्द्र रानाले भैँसी पालेर दुध मात्र होइन, गोबर मल बेचेर एक मौसममा साढे दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभएको छ । दुधका लागि पालिएका भैँसीको मल बेचेर उहाँले यो अतिरिक्त आम्दानी गर्न सफल हुनुभएको हो । हाल उहाँसँग अहिले ३१ वटा भैँसी छन् ।
बाराको निजगढ नगरपालिका–५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा २ हजार ५ सयजना किसानहरु आवद्व छन् जसले मासिक करिब ४ लाख लिटर दूध उत्पादन गरेर सहकारी संस्थालाई बिक्री गर्ने गर्दछन्।
संस्थाले...
पाल्पा : तिनाउ गाउँपालिका–६ मस्यामका ५३ वर्षीय टीकाराम खराल बिहान सबेरै उठेदेखि राति अबेरसम्म व्यस्त हुन्छन्। उनको स्फूर्ति कुनै तन्नेरीभन्दा कम छैन।टीकारामको तानसेन नगरपालिका–७ काजीपौवामा ‘गोरस घर जय किसान डेरी’ छ। जहाँ गाई‚ भैंसीको दुध, दही, घिउ‚ छुर्पी‚ पनिरलगायत दुधजन्य वस्तु पाइन्छ। उनी दुध खरिददेखि परिकार बनाउने र बिक्री गर्ने कामको कमाण्ड गर्छन्।गुल्मीको अर्लाङकोट जन्मिएका उनी सानैमा परिवारसँग पाल्पा आए। गरिबीका कारण राम्रोसँग अध्ययन गर्न नपाएका उ
चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो ।
भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’
हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् ।
भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’
राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् ।
‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो देखिएको मात्र हो ।’
विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ ।
चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ ।
‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने ।
हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए ।
उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र आधा बाहिर पठाइने गरेको छ ।
‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने ।
यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।
वैशाख २५, चितवन । दोस्रो लहरको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ ।
निषेधाज्ञा शुरु भएदेखिनै दूधको विक्रीसँगै मूल्य पनि आधा घटाउनु परेको किसानले गुनासो गरेका छन् । निषेधाज्ञा अघिपनि उधारोमा दूध विक्री गर्दै आएका
किसान निषेधाज्ञा लागू भएपछि दूध विक्री नहुँदा चिन्तामा परेका हुन् । हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुलाई झण्डै आधा मूल्यमा लगेर घर - घरमा दूध बेच्नु पर्ने बाध्यता आइलागेको छ ।
भरतपुरमा १६० ओटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निषेधाज्ञा भएका कारण दूध नै विक्री हुन नसकेको बताउँछन् । ‘मेरोमा दैनिक १ हजार १५० लिटर दूध उत्पादन हुन्छ’, उनले भने, ‘अहिले घर- घरमा गाडीमा राखेर डुलाउँदा पनि आधा फिर्ता हुन्छ ।’
खुद्रा मूल्यमा दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँसम्म भएपनि हाल घरघरमा दूध पुर्याउँदा ५० रुपैयाँमा विक्री गर्नुपरेको उनको भनाइ छ । औषत प्रतिलिटर किसानको लागत मूल्यनै ६० रुपैयाँ पर्दछ ।
जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल पूर्णरुपमा नखुलेका र होटल, रेष्टुरेण्ट पनि बन्द नभएका कारण दूधको खपत आधाभन्दा कम भएको हो । दूधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दूध बिक्री गर्न सकेको छैनन् ।
जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन् । भरतपुर महानगरपालिका - १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउँछन् । ‘पहिले दैनिक १ हजार ६०० लिटरसम्म दुध खरीदविक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ’, उनले भने ।
जिल्लाको दुग्ध विकास संस्थानको दूध प्रशोधन केन्द्र तथा अन्य निजी डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने छाडेका छन् । जसका कारण किसानले दूध उत्पादन भएपनि विक्री गर्न नसक्नुका साथै घरमै पनिर र घ्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादनसमेत विक्री हुन्छ कि हुँदैन निश्चित छैन ।
स्थानीय अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक २०० लिटर दूध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिँदा खेर जाने गरेको बताउँछन् ।
‘हामीले चार महीनादेखिको भुक्तानी पनि पाएको छैन’, उनले भने, ‘अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन, आफ्नो फर्ममा उत्पादित दूध नजिकका पसलहरुमा विक्री गरेपनि बाँकी दूधको पनीर र घिउ बनाएको छु ।’
दूध विक्री नहुनु, बक्यौता नपाउनु र दानाको मूल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका छन् । दूधको उत्पादन र विक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् ।
किसानका समस्याका विषयमा राज्यनै उदासिन हुँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउँछन् चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दूध विक्री भएको छैन, दानाको मूल्य एकसातामै बोरामा ३०० रुपैयाँ बढेको छ ’, उनले भने, ‘दूध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैंन ।’
देशको संक्रमणकालीन अवस्थामा राज्यले सहकार्य र समन्वय गरे आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दूध पुर्याउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयाँ प्रतिलिटर अनुदान देवस हामी प्रतिलिटर ४० रुपैयाँमै उपभोक्ताको घरमै पुरयाउँछौं’, वगालेले भने ।
एकातिर दूध विक्री भएको छैन भने अर्कातिर दानाको मूल्य भने बढ्दा लाखौं रुपैयाँ ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन् । गतवर्ष देखिनै घाटा व्यहोर्दै आएका किसानहरु बैंकको ब्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञापछि झन थला परेका छन् ।
व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध विक्री नहुँदा र दानाको मूल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउने, हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसानसँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
जिल्लामा हाल दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बाँकी जिल्ला बाहिर जाने गरेको छ । यहाँ ११० ओटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।