नेपालगञ्ज : भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्।कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन बन्द भएको हो। बाँके जिल्लामा मात्रै भारतबाट अवैध रूपमा दैनिक करिब ५ हजार लिटर दुध भित्रिने गरेको थियो।भारतीय दुध आयात रोकिएपछि बाँकेका ग्रामिण किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। दुध बिक्रेताहरूले गा