बागमती प्रदेश सरकारले डेढ करोड रुपैयाँ खर्च गरी तयार गरेको भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर थन्क्याएर नयाँ सुरुङ मार्गको डीपीआर गर्न बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विगत ३ आर्थिक वर्ष लगाएर डेढ करोड रुपैयाँ खर्च गर्दै भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर तयार गरेको थियो ।बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले अघि सारेको सो सुरुङ मार्गको योजना वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले रोक्ने निर्णय गरेको थियो । पाण्डे नेतृ