झापा । झापामा निषेधाज्ञा जारी भएको पाँच हप्ता पुगेको छ । निषेधाज्ञा लागू भएको पाँच हप्ता भइ सक्दा पनि संक्रमण भने नियन्त्रणमा आएको देखिदैन ।जिल्ला प्रशासन कार्यालय झापाले बैशाख २२ गते देखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको पहिलो हप्तामा १ हजार २ सय ६७ जना संक्रमित हुनुका साथै २२ जनाको मृत्यु भएको थियो भने पाँचौ हप्ताको तथ्यांक हेर्दा १ हजार २ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जनाको ज्यान गएको छ । यसरी हेर्ने हो भने नयाँ संक्रमितको संख्या थोरै घटेको भएपनि मृत्यु हुनेको संख्या