भदौ २९, काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।
कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी एलबीबीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको देखाउँछ ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।