मिर्मिरे लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु, इक्रा नेपालमा रेटिङ सम्पन्न

असार २४, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।  कम्पनीले इक्रा नेपालमा रेटिङ गराएसँगै एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ । कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा गरिरहेको छ ।  उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टसँग सम्झौता गरिसकको छ । आवश्यक प्रक्रिया पुरा गरेर  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र  एफपीओ निष्कासन गर्नेछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । नागवेली लघुवित्त  नेप्सेमा सूचीकृत कम्पनी हो भने स्वेडा लघुवित्त सूचीकृत कम्पनी होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान रहेको छ ।