गण्डकी प्रदेश : बजेट ल्याउनुअघि नै सरकार फेरिने, जेठ २७ कुर्दै विपक्षी

पोखरा । प्रदेशसभाको अंकगणितलाई सोझै अर्थमा व्याख्या गर्दा अल्पमतमा रहेको गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ । बजेट ल्याउनुअघि नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गतेसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले ३० दिनभित्र प्र...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी, मिनी संसदमा रस्साकस्सी

२५ साउन, पोखरा । २१ असारमा बजेट पारित गरेपछि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक बिहीबारका लागि बोलाइएको थियो । तर सरकार र प्रमुख प्रतिपक्षीबीचको असमझदारीका कारण बैठक सूचना टाँस गरेर २९ साउनसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न सकेन । सरकारले संसदीय समिति गठनको विषय […]

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकार तयार

काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन निर्देशन दिइएको मूख्यमन्त्रीको सचिवालयले दावी गरेको हाे । मुख्यमन्त्री पोखरेलले त्यस्तो बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने […]

ट्रस्ट र प्रतिष्ठानलाई छुट्याएको रकमबाट ब्याक भयो गण्डकी सरकार

पर्वत : गण्डकी प्रदेश सरकारमा रहेका मन्त्रीहरूले आर्थिक वर्ष ०७९/८० को बजेटमा मनोमानी गरेको भन्दै चर्को आलोचना भएपछि ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्टाइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गरिने भएको छ।मन्त्रीहरूले आफू शक्तिमा रहेको फाइदा उठाउँदै आफ्ना बुबा आमाका नाममा रहेका ट्रस्ट र प्रतिष्ठानहरूलाई बजेट विनियोजन गरेको भन्दै आम नागरिकबाट चर्को विरोध भएको थियो। सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा समेत गण्डकी प्रदेश सरकारको कामको विरोध गर्दै प्रदेश सरकार नै खारेज गर्नु पर्नेसम्मको आवाज उठेको

गण्डकी प्रदेश : समाजवादको आधार बनाउन चुक्यो सरकार

नेकपा माओवादी केन्द्रका नेताहरुले ‘समाजवादको आधार तयार पार्ने’ उद्देश्य बारम्बार बताउने गरे पनि बुधबार माओवादीकै तर्फबाट गण्डकी प्रदेशको अर्थ मन्त्रालय सम्हालेका रामजीप्रसाद बरालले सार्वजनिक गरेको बजेटमा त्यसको कुनै छनक देखिएको छैन ।उद्योगी–व्यवसायीले बजेट परम्परावादी रहेको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले प्रदेश सरकारको बजेटले कम्तीमा पनि गोरखाको मजुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगलाई सम्बोधन गर्नुपर्नेमा त्यसो ह

गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।...

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

२ मंसिर, पोखरा । गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै करिब-करिब सकाएको छ । मन्त्रालय बढेसँगै सरकारलाई भार पनि थपिएको छ । मन्त्री, […]

३६ वटा सडकलाई ५३ करोड बजेट

लमजुङमा गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ वटा सडक योजनाको लागि बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि ५३ करोड बढी बजेट विनियोजन गरेको हो ।गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको […]

गण्डकी प्रदेश सरकारको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप […]

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका […]

गण्डकी प्रदेश सरकार : अन्तरराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माण प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सोमवार प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकुदतर्फ खेलकुदको विकासका लागि अन्तरराष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।      यसैगरी खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् र ११ ओटै जिल्लामा जिल्ला खेलकुद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।      गण्डकी प्रदेशमा यसअघि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गतवर्ष कोरोनाका कारण आयोजना हुन नसकेकोमा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षभित्रमा फुटबल रंगशाला सम्पन्न गर्ने योजना संघ सरकारको बजेट कार्यक्रममा परेको थियो ।      प्रदेश सरकारले युवाको शीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बीउ पूँजी, सहुलियतपूर्ण ऋण लगायत कार्यक्रम सञ्चालन गरिने बताएको छ । रासस