गण्डकी प्रदेश सरकार : अन्तरराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माण प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सोमवार प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकुदतर्फ खेलकुदको विकासका लागि अन्तरराष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।      यसैगरी खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् र ११ ओटै जिल्लामा जिल्ला खेलकुद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।      गण्डकी प्रदेशमा यसअघि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गतवर्ष कोरोनाका कारण आयोजना हुन नसकेकोमा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षभित्रमा फुटबल रंगशाला सम्पन्न गर्ने योजना संघ सरकारको बजेट कार्यक्रममा परेको थियो ।      प्रदेश सरकारले युवाको शीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बीउ पूँजी, सहुलियतपूर्ण ऋण लगायत कार्यक्रम सञ्चालन गरिने बताएको छ । रासस

सम्बन्धित सामग्री

एक करोड लगानीमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले नि:शुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रू. एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतवार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा शुरू गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो । उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए । ‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रूपमा उद्यान बनाएका हौंं, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ,’ उनले भने । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरीद गर्न गाउँपालिका अध्यक्ष रोकाले रू. एक लाख र मंगला युवा क्लबले रू. दुई लाख आर्थिक सहयोग गरेका थिए । आइतवार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि आफूहरूले दान गरेको जग्गादाता अधिकारीले बताए । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रू. १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्रहालय भवन बनाउन रू. १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रू. सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले रू. ६० लाखभन्दा बढी लगानी गरेको बताइएको छ । उद्यानलाई हरियालीयुक्त र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मंंगलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन् । रासस

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो।...

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको […]

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबा

पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो ।

दुईतर्फी पदमार्गले जोडियो ६ सय वर्ष पुरानो ऐतिहासिक स्थल

म्याग्दी : बेनी नगरपालिका-२ मा पर्ने करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोट पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ।पदमार्ग,प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोटस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ।विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरू निर्माण भइरहेका छन्। बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोष व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार न