पर्वत : गण्डकी प्रदेश सरकारमा रहेका मन्त्रीहरूले आर्थिक वर्ष ०७९/८० को बजेटमा मनोमानी गरेको भन्दै चर्को आलोचना भएपछि ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्टाइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गरिने भएको छ।मन्त्रीहरूले आफू शक्तिमा रहेको फाइदा उठाउँदै आफ्ना बुबा आमाका नाममा रहेका ट्रस्ट र प्रतिष्ठानहरूलाई बजेट विनियोजन गरेको भन्दै आम नागरिकबाट चर्को विरोध भएको थियो। सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा समेत गण्डकी प्रदेश सरकारको कामको विरोध गर्दै प्रदेश सरकार नै खारेज गर्नु पर्नेसम्मको आवाज उठेको