काठमाडौं : हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवा संघ नेपाल (नेकपा एकीकृत समाजवादी) ले आज माइतीघरमा प्रदर्शन गरेको छ।उनीहरूले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका रास्वपाका ढाकाकुमार श्रेष्ठलगायत भ्रष्टाचारसँग सम्बन्धित पत्रपत्रिकाका न्युज तथा कार्टुनहरूका तस्वीरलाई समेत प्रमाणका रूपमा ब्यानर बनाएका छन्।श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै उद्योगी प्रसाईंसँग दुई करोड मागेको पुष्टि भएको भन्दै उनलाई रास्वपाले साधारण सदस्यब