काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।
एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, स...