काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ ।
लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।
छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ ।
यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् ।
सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।
बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ ।
शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ ।
यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।
काठमाडौं । लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेर बन्द भएको छ । बजार बढ्न थालेसँगै लगानीकर्ताहरू सक्रिय हुन थालेका छन् । सोही कारण परिसूचसँगै कारोबार रकम बढेको छ । मंगलवार नेप्से परिसूचक ९ दशमलव ९१ अंक बढेर २ हजार १५४ दशमलव ०७ विन्दुमा पुगेको हो ।
वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता रहेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको देखिएको छ । अधिक तरलताकै कारण महँगो ब्याजदर पनि घटिरहेको छ । यस कारण पनि आगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
त्यस्तै वित्तीय प्रणालीमा अधिक तरलता भएकाले राष्ट्र बैंकले कर्जा प्रवाह हुने गरी केही लचक मौद्रिक नीति ल्याउने अपेक्षामा पनि लगानीकर्ता सकारात्मक भएको देखिन्छ ।
मंगलवार कारोबारमा आएका २५५ धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर ५६ हजार ४७६ पटकमा रू. ३ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत वृद्धि भएको हो ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५५ दशमलव २० पुगेको छ । शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ५९२ दशमलव २० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ५ दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीको इकाई मूल्य रू. ७ दशमलव ९३ मा झरेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को इकाई मूल्य ४ दशमलव ६३ प्रतिशत घटेर रू. ८ दशमलव ६५ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ओगटेको छ । कम्पनीको रू. २१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १७ करोड ९८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
मंगलवार कारोबारमा आएका १३ समूहगत परिसूचमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको १ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । यस्तै, होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।
काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ ।
नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ ।
बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।
यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ ।
यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।
त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।
यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।
जेठ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।
यो दिन परिसूचक ८ दशमलव शून्य ३ अंक बढेर २ हजार २३९ दशमलव ६० विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२२ ओटा धितोपत्रको २३ लाख २४ हजार ६६५ कित्ता शेयर १८ हजार ८०८ पटकमा रू. ८८ करोड ९८ लाख ३४ हजार ९०८ दशमलव ६० मा खरीदविक्री भएको छ ।
परिसूचक बढेपनि कारोबार रकम भने बढेको छैन । बजार आज तेस्रो दिनसम्म लगातार वृद्धि भएको हो । कुल बजार पूँजीकरण रू. ३१ खर्ब ८७ अर्ब रहेको छ । लगानीकर्ता आगामी आवको बजेटको प्रतिक्षामा रहेको देखिएको छ । विशेष गरी शेयरधितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको थियो । अब यी नीतिगत विषयलाई आगामी बजेटमार्फत संसोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेषक बताउँछन् ।
कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४७ दशमलव ५० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयर मूल्यमा बढ्ने दोस्रो कम्पनीमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ दशमलव २० प्रतिशत बढेर रू. ३७७ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ४७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०५ झरेको हो । त्यसैगरी दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेर रू. ३२५ दशमलव ३० मा झरेको हो ।
मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेसँगै कम्पनीको सर्वाधिक रू. ५ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावरको रू. ४ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशलमव १९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २२ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७४ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव १७ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशतका दरले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको हो ।
समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशलमव ९८ प्रतिशत, लगानी समूहको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ८५ प्रतिशत, निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशतका दरले वृद्धि भएको हो ।
माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३दशमलव ८० प्रतिशत अर्थात् १०५ दशलमव ५५ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्र १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ८१ हजार ७०६ पटकमा रू. ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ दशमलव ५७ मा खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था,लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यो दिन मञ्जुश्री फाईनान्सको ९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाईनान्स डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा बढी ३ दशमलव २३ प्रतिशतले घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ९०० कायम भएको छ ।
त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य २ दशमलव २३ प्रतिशतले घटेर प्रतिइकाई रू. ९ दशमलव १९ मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । कम्पनीको रू. २६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४६ कायम भएको छ ।
यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. २३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको छ । कारोबारमा आएका ती समूहमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव ६ प्रतिशत, व्यापार समूहको ४ दशमलव ९८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको ४ दशमलव ५८ प्रतिशत,हाइड्रोपावर समूहको ५ दशमलव ६३ प्रतिशत,वित्त समूहको ६ दशमलव ३४ प्रतिशत,निर्जीवन बीमा समूहको ३ दशमलव ३६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै अन्य समूहको ३ दशमलव ८७ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव २५ प्रतिशत,जीवन बीमा समूहको ३ दशमलव ४ प्रतिशत र म्युुचुअल फण्ड समूहको परिसूचक १ दशमलव ७५ प्रतिशतका दरले वृद्धि भएको छ ।
स्थानिय निकायको निर्वाचन आगामी जेठ महीनाभित्रै सम्पन्न गर्न गठबन्धन समूहका दलहरु सहमत भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ । केहि दिनदेखि लगातार बजार घटेको र घटेको बजारमा खरीदकर्ता हाबी भएकाले पनि यो दिन बजार बढेको देखिन्छ ।
चुनावका बेला राजनीतिक गतिविधि बढ्दा खर्च बढ्ने भएकाले बजारमा तरलता बढ्ने अनुमानका आधारमा लगानीकर्ताहरु सक्रिय भएका कारण पनि यो दिन शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ ।
माघ २, काठमाडौं । साताको पहिलो कारोबार आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक १५ दशमलव ६६ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८७३ दशमलव ४२ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको ११ हजार २०२ कित्ता शेयर रू. ५६ लाख २५ हजार ८२२ मा खरीदविक्री भएको छ ।
गत साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक २ हजार ८७५ दशमलव ७५ विन्दुमा बन्द भएको थियो । उक्त दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ७७ हजार ६६८ पटकमा रू. ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ दशमलव ७६ मा खरीदविक्री भएको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जाँदा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् ।
लामो समयदेखि बजार सञ्चालक र नियामक निकायमा रित्त रहेको नेतृत्व पद पूर्तिको अन्तिम चरणमा रहनुलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमा हेरेका छन् ।
यस अघिका नेतृत्वहरुले पद त्याग गर्नुपरेको अवस्थालाई हेर्दा पनि आगामी दिनमा आउँने प्रतिनिधिले जिम्मेवारीपूर्वक काम गर्नेमा लगानीकर्ताहरु आशावादी देखिन्छन् ।