माघ २, काठमाडौं । साताको पहिलो कारोबार आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक १५ दशमलव ६६ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८७३ दशमलव ४२ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको ११ हजार २०२ कित्ता शेयर रू. ५६ लाख २५ हजार ८२२ मा खरीदविक्री भएको छ ।
गत साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक २ हजार ८७५ दशमलव ७५ विन्दुमा बन्द भएको थियो । उक्त दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ७७ हजार ६६८ पटकमा रू. ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ दशमलव ७६ मा खरीदविक्री भएको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जाँदा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् ।
लामो समयदेखि बजार सञ्चालक र नियामक निकायमा रित्त रहेको नेतृत्व पद पूर्तिको अन्तिम चरणमा रहनुलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमा हेरेका छन् ।
यस अघिका नेतृत्वहरुले पद त्याग गर्नुपरेको अवस्थालाई हेर्दा पनि आगामी दिनमा आउँने प्रतिनिधिले जिम्मेवारीपूर्वक काम गर्नेमा लगानीकर्ताहरु आशावादी देखिन्छन् ।