८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ । बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।   यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।  त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।  यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

नेप्सेसँगै कारोबार रकम पनि घट्यो, लगानीकर्तामा निराशा बढ्दो

बुधबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक सात दशमलव १९ अंकले घटेर दुई हजार एक सय तीस दशमलव ७३ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्ग...

नेप्से आज ३४ अंकले घट्यो, कारोबार रकम कति

काठमाडौं, ९ जेठ । आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३४ दशमलव २१ अंकले घटेर २२ सय दशमलव ८८ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ६९ अंकले घटेर ४२९ दशमलव ५ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २२४ कम्पनीको १ अर्ब […]

आज दोहोरो अंकले नेप्से घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं, १३ चैत्र । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दाहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ९ दशमलव ५५ अंकले घटेर ४७९ दशमलव ३९ विन्दु कायम भएको हो । शेयर बजारको […]

सातामा ६९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

शेयरबजार ३८ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – हिजो झण्डै ११ अंकले घटेको शेयरबजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से आज ३८ दशमलव ३५ अंकले घटेर दुई हजार आठ सय ९८ दशमलव ३१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत, होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो आठ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब दुई करोड रुपैयाँमा एक करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २० करोड ३२ लाख रु...

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार कारोबार रकम खुम्चिएको छ। १.२९ अंकले मात्रै घटेको बजारमा जम्मा १० अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। जबकी हिजो ५२ अंकले घट्दा नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। जुन आजकोभन्दा ४ अर्ब १० करोड बढी हो।

आठ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

सेयर बजारको परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ। ८.६६ अंकले बढेपछि परिसूचक २५४३ अंकको कायम भएको छ।