लगातार तीन दिन बढ्यो नेप्से, यस कारण सक्रिय हुन थाले लगानीकर्ता ?

काठमाडौं । लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेर बन्द भएको छ । बजार बढ्न थालेसँगै लगानीकर्ताहरू सक्रिय हुन थालेका छन् । सोही कारण परिसूचसँगै कारोबार रकम बढेको छ । मंगलवार नेप्से परिसूचक ९ दशमलव ९१ अंक बढेर २ हजार १५४ दशमलव ०७ विन्दुमा पुगेको हो । वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता रहेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको देखिएको छ । अधिक तरलताकै कारण महँगो ब्याजदर पनि घटिरहेको छ । यस कारण पनि आगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । त्यस्तै वित्तीय प्रणालीमा अधिक तरलता भएकाले राष्ट्र बैंकले कर्जा प्रवाह हुने गरी केही लचक मौद्रिक नीति ल्याउने अपेक्षामा पनि लगानीकर्ता सकारात्मक भएको देखिन्छ । मंगलवार कारोबारमा आएका २५५ धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर ५६ हजार ४७६ पटकमा रू. ३ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत वृद्धि भएको हो ।  कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५५ दशमलव २० पुगेको छ । शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ५९२ दशमलव २० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ५ दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीको इकाई मूल्य रू. ७ दशमलव ९३ मा झरेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को इकाई मूल्य ४ दशमलव ६३ प्रतिशत घटेर रू. ८ दशमलव ६५ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ओगटेको छ । कम्पनीको रू. २१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १७ करोड ९८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  मंगलवार कारोबारमा आएका १३ समूहगत परिसूचमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको १ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । यस्तै, होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।   

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]