सामान्य अंक बढ्यो नेप्से, १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।   छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ । यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् । सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।   

सम्बन्धित सामग्री

आज ९ अंकले बढ्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३४ अंकले उकालो लागेर २ हजार १ दशमलव ६४ मा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ अंकले उकालो लागेर ३५७ दशमलव शून्य ९ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।कूल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ मूल्यमा खरिद

करिब १२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर १ हजार ८५२ दशमलव ७७ मा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५८ अङ्कले उकालो लागेर ३५२ दशमलव २८ मा पुगेको छ। कूल ९५ लाख ५ हजार ६०८ कित्ता शेयर २ अर्ब ७९ करोढ ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक श

आज करिब १० अंकले बढ्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले बढेर १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अङ्कले उकालो लागेर ३५६ दशमलव ९८ मा पुगेको छ।कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल ४४ लाख २० हजार ५१८ कित्ता शेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार […]

४४ अङ्कले बढ्यो नेप्से

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६७ अङ्कले […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

१८ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ । कारोबार खुलेसँगै मंगलबार बजार घट्ने क्रम शुरू भएको […]

उच्च अंकले बढ्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से २९०० माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३.४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्सेले नयाँ रेकर्ड भने भेट्टाउन […]

७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

२५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । साताका शुरुवाती दुई दिन […]

७१‍.४३ अंकले बढ्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक […]