७ ओटा कम्पनी ३ करोड ८ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा : कसको कति हकप्रद ?

मंसिर १९, काठमाडौं । सात ओटा कम्पनी ३ करोड ८ लाख ४३ हजार २० कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै ती सात ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । ती सात ओटा कम्पनी मध्ये दुई ओटा हाइड्रोपावर कम्पनी, दुई  ओटा इन्स्योरेन्स कम्पनी, दुई  ओटा फाइनान्स कम्पनी र एउटा विकास बैंक रहेका छन् । ती सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपि पावरले १ : शून्य दशमलव ३९ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाखभन्दा बढी पुग्नेछ ।  त्यसैगरी दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि गत जेठ २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ ।  इक्रा नेपालले इक्रा एपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा आफ्ना दायित्तव पुरा गर्न सक्ने जनाउँछ । कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।   त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १० : ४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा गरिरहेको छ । कम्पनी ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा  गत भदौ १७ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. १ अर्ब ६२ करोडभन्दा बढी पुग्नेछ ।  त्यस्तै नेपाल फाइनान्स कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः० दशमलव ७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त कम्पनी ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ८३ करोड ८९ लाख पुग्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले  १ : १ दशमलव ५ अनुपातममा हकप्रद शेयर निष्कासन गर्न २०७७ पुस २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कास पछि कम्पनीको चुक्तापूँजी रू. ७१ करोड पुग्नेछ ।  यस्तै समृद्धि फाइनान्सले २ : १ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते धितोपत्र बोर्डमा दिएको छ । विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार पुग्नेछ ।  छ्याङदी हाइड्रोपावर कम्पनीले १० : ३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद हकप्रद शेयर निष्कासन गर्नका लागि गत वैशाख १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पूग्नेछ ।  हकप्रद  निष्कासनका लागि निवेदन दिएका सात ओटा कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछन् ।  पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । अध्यक्ष बर्खास्त भएसँगै लामो समय भइसक्दा पनि धितोपत्र बार्डले एउटा बाहेक अन्य कुनै पनि कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको थिएन ।  अव भने क्रमशः सबै प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिने तयारी भइरहेको धितोपत्र बोर्डले बताएको छ । यसबीचमा धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई १ : १ अनपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न गत मंसिर ३ गते अनुमति दिइसकेको छ ।  धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले पुष ७ गतेदेखि २७ गतेसम्म हकप्रद शेयर निष्कासन गर्नेछ ।                                                                स्रोत : नेपाल धितोपत्र बोर्ड (सबोन)

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको बरुण हाइड्रोपावरको नाफा ३०५% बढ्यो

वैशाख ३०, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ९९ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. २ करोड ६४ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५ दशमलव ७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०९ दशलमव ८६ रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । अव आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।

मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा एचआईडीसीएल

साउन ३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)  ले मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको हकप्रदशेयरमा जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ ।  हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले सि - आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट र सि आस्बा प्रणालीमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले  केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ ।