सर्लाही । नेपाली काँग्रेसका १३ वटै भातृ सङ्गठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।