सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगञ्जकी किशोरी प्रियंका भुजेलको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै बुधबार स्थानीयवासीहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । १६ वर्षीया प्रियंका भुजेल मंगलवार राति मृत फेला परेकी थिइन् । गत साउन ३१ रातीदेखि घरबाटै बेपत्ता उनी मृत फेला परेकी थिइन् । उनको शव घरदेखि करिब ३ किलोमिटर