दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि