चीनले बनायो रोबोट सर्प, शत्रुको भूउपग्रह एकैछिनमा कच्याककुचुक पार्ने

चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ ।  चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।  पाँच फीट लामो रोबोटलाई अन्तरिक्षयानमा जोडिनेछ र यसका नौवटासम्म सेग्मेन्ट हुनेछन् । यसले १९० न्युटन मिटरको टोर्क उत्पन्न गर्न सक्छ जुन १२ सय सीसीको हार्ले डेभिडसन आइरन मोटरबाइकको भन्दा लगभग दोब्बर हो ।  सेग्मेन्टहरूको बीचमा रहेका जोर्नी फनक्क घुम्न सक्छन् जसले गर्दा रोबोट सर्प स्पेस स्टेसनको साँघुरो क्षेत्रमापन...

सम्बन्धित सामग्री

टेस्लाले ल्यायो मानिस जस्तै रोबोट, घरधन्दादेखि नृत्य समेत गर्ने

काठमाडौं । त्यो समय टाढा छैन जब हामीले बजारमा मानिस जस्तै रोबोट अर्थात् ह्युमानोइड रोबोट देख्न पाउनेछौँ । उसो त यस्तो मानवरुपी रोबोटको निर्माण कैयन् कम्पनीहरुले काम गरिरहेका छन् । विद्युतीय कार निर्माता कम्पनी टेस्ला पनि यो क्षेत्रमा अग्रस्थानमा रहेको छ । टेस्लाले गतवर्ष आफ्नो पहिलो ह्युमानोइड रोबोट टेस्ला बम्बलबी सार्वजनिक गरेको थियो । यो […]

विश्वकै पहिलो मानव रोबोट पत्रकार सम्मेलन, रोबोटले यसरी दिए जवाफ

विश्वकै पहिलो मानव-रोबोट पत्रकार सम्मेलन गत शुक्रबार, जुलाई ७ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा कुल ९ वटा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त मानवस्वरुप रोबोट (ह्युमनोइड रोबोट) हरु सहभागी भएका थिए । ती रोबोटहरुले पत्रकारद्वारा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । AI For Good  नाम दिइएको उक्त रोचक पत्रकार सम्मेलनमा रोबोटसँगै त्यसका […]

भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग

भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न 'रोबोट' हात्तीको प्रयोग गरिएको छ। जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न 'हात्तीनुमा रोबोट' प्रयोगमा ल्याइएको हो। त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो। मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ।…

स्ट्रोक शल्यक्रियाका लागि इन्जिनियरले बनाए रोबोट

अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । रोबोटले शल्यक्रिया गर्न लागेको कुरा खासै नौलो भने होइन तर स्ट्रोक विरामीलाई केन्द्रित गरी शल्यक्रियाका लागि निर्माण गरिएको यो पहिलो रोबोट हो । वैज्ञानिकहरूले रोबोटिक आर्म बनाएका छन्, जसलाई चिकित्सकहरुले जोईस्टीक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । आर्मको हत्केलामा चुम्बक रहेको छ।...

विद्यार्थीले बनाए बाटो छोड्न अनुरोध गर्ने रोबोट

भक्तपुरको एउटा इन्जिनियरिङ कलेजका विद्यार्थीले बाटो छोड्नको लागि स्पीकरमार्फत अनुरोध गर्ने रोबोट बनाएका छन्।...

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्यालेञ्ज अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको हो ।  यो कार्यक्रम वार्षिक रुपमा अन्तर्राष्ट्रिय फर्स्ट कमिटी एसोसिएसनले आयोजना गर्ने गर्दछ । यो संस्थाले विद्यार्थीहरुलाई स्टीम तथा रोबोटिक अध्ययनका लागि प्रोत्साहित गर्ने गर्दछ । यो कार्यक्रमको थिम...

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गापुरले कडाई गर्ने मूलुकमा अगाडि आउछ र हरेक सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा राख्ने गरेको छ । अब थप निगरानीका लागि सिङ्गापुरले रोबोट पनि परिचालन गर्ने भएको हो । यसले नियम तोड्नेहरूमाथि निगरानी गर्नेछ । यसका लागि सिङगापुरले जेभियर भन्ने रोबोटको परीक्षण पनि सुरु गरिसकेको छ । धेरै...

रोबोट उत्पादन गर्ने कारखाना

नेपालमा पनि रोबोट फ्याक्ट्री छ भन्ने थाहा पाएर म अचम्ममा परेको थिएँ। मैले नेपाल छोडेको एघार वर्ष भैसकेको थियो। त्यो एघार वर्षमा सायद रोबोट पनि फ्याक्ट्री खुल्यो होला भनेर म चुप लागेँ। तर रोबोट कारखानामा पढाउने? मलाई अलि अनौठो लाग्यो।

साओमीले बनायो ‘साइबर डग’ रोबोट

साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओपन सोर्स रोबोट हो र यसलाई थप अरु परिमार्जन र एप बनाउन विकासकर्ताहरुलाई साओमीले आह्वान गरेको छ । यो डिभाईस बोस्टन डाईनामिक्सको स्पट जस्तै देखिने गर्दछ । यो रोबोट नेटसन जेभियर एनएक्स नामक विश्वकै सबैभन्दा सानो एआई सुपर कम्प्यूटरले चल्ने गर्दछ । साइबरडगमा ११ ओटा सेन्सर राखिएको छ जसमा टच र...

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ । पौराणिक अग्नि र […]