भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग

भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न 'रोबोट' हात्तीको प्रयोग गरिएको छ। जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न 'हात्तीनुमा रोबोट' प्रयोगमा ल्याइएको हो। त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो। मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ।…